अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

भदौ १, २०७८ मा प्रकाशित | 377 views

काठमाडौँ । नेकपा एमालेको युवा संगठन युवा संघले सरकारले ल्याएको दल विभाजनसम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौंको बानेश्वर चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर संगठन राष्ट्रिय युवासंघ नेपालले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकको विरोध प्रदर्शन गरेको हो ।

युवासंघ नेपालले नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गरजस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् ।

युवासंघले प्रदर्शनको क्रममा प्रहरीमाथि ढुङ्गामुढा समेत गरेको थियो । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजनसम्बन्धी विधेयक ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web