काठमाडौँ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी हुने–नहुने सम्बन्धमा आज टुंगो नलाग्ने भएको छ। मन्त्रिपरिषद्को सिफारिसपछि अध्यादेश राष्ट्रपति कार्यालयमा आइपुगे पनि यसबारे कुनै निर्णय भइसकेको छैन। राष्ट्रपतिनिकट स्रोतका अनुसार अध्यादेश भोलि जारी गर्ने तयारी भएको छ। ‘सम्भवतः अध्यादेश भोलि जारी हुन्छ,’ निकट स्रोतले भन्यो, ‘अध्यादेश रोक्ने भन्ने छैन।’
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार राष्ट्रपतिको व्यस्तताका कारण मन्त्रिपरिषद्को सिफारिसबारे कुनै निर्णय भएको छैन। ‘प्रदेश २ का प्रदेश प्रमुखको शपथग्रहणलगायतले राष्ट्रपतिले यसबारे कुनै निर्णय गरिसक्नुभएको छैन,’ उनले भने।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेशबारे राष्ट्रपतिले अहिलेसम्म कुनै निर्णय नगरेको र कानुनी परामर्शसमेत नगरेको जानकारी दिए।
20.12¡ÆC