बिचौलिया काम गरेको आरोपमा तीन जना पक्राउ

भदौ १, २०७८ मा प्रकाशित | 301 views

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय, धनुषा अगाडि बिचौलियाको काम गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बिचौलियाको काम गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–१ का ३५ वर्षीय विजय मण्डल, वडा नम्बर ४ का ३६ वर्षीय गुड्डु पूर्वे र वडा नम्बर १० का ५० वर्षीय विजयकुमार साहलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनीहरुले कार्यालयमा आउने सेवाग्राहीलाई छिटो छरितो काम गराइदिन्छु भनी रकम मागेर बिचौलियाको काम गर्ने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको गेट अगाडि भेला गरी छिटो छरितो काम गराइदिने भन्दै रकम माग गर्दे रहेको अवस्थामा कसरी छिटो छरितो काम गराइदिनुहुन्छ भनेर सोध्दा उनीहरुले ड्युटीमा रहेको प्रहरी टोलीलाई गाली गलौज र हातपात समेत गरेको डीएसपी बस्नेतले बताए ।

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web