सांसदलाई पदमुक्त गर्न एमालेको पत्राचार

भदौ १, २०७८ मा प्रकाशित | 434 views

काठमाडौँ । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाका सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ ।

सूर्य चिह्न लिएर निर्वाचित शाही र वलीले पार्टी तथा संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । शाही प्रदेश सरकारका विना विभागीय मन्त्री हुनुहन्छ ।

शाही २०७४ सालमा सम्पन्न प्रदेश सभा सदस्य चुनावमा नवलपरासीको क्षेत्र नं १ (ख) बाट सूर्य चिह्न लिएर निर्वाचित हुनुभएको थियो भने वली २०७६ मा तत्कालीन नेकपाकाे तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट उपचुनावमा निर्वाचित हुनुभएको थियो ।

शाहीले आफू स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आउनुभएको छ भने वलीले माओवादी प्रवेश गरेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web