नयाँ गन्तव्य खोज्दै अन्नपूर्ण गाउँपालिका

भदौ १, २०७८ मा प्रकाशित | 305 views

म्याग्दी । पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धनमा जुटेको छ ।

अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी-तातोपानी-घार-शिख-घोडेपानी-पुनहिल खण्डसडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

‘कोभिडपछिको पर्यटनका लागि भर्जिन गन्तव्य पहिचान गरेका छौँ’, उनले भने, ‘नयाँ गन्तव्यमा पूर्वाधार निर्माणसँगै प्रवर्द्धनमा जोड दिएका छौँ ।’ अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’, खयर–खोपारा, नारच्याङ र महभिर झरना, जलजले-फगाम-मोतिचौर बराह-धवलागिरि आधार शिविर, करबाकेली, बयली, मोहरेडाडा, प्यारीबाराही, कालीबराह ताल, फूलबारी, गुराँसपार्क, मुन्द्रा चढाउने डाँडा, नागी, टिकोट, पाउद्धार, सेकार्कु, रातोपानी कुण्ड अन्नपूर्णका नयाँ पहिचान भएका गन्तव्य हुन् ।

संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, भुरुङ-तातोपानी, घोडेपानी, पुनहिल, अन्नपूर्ण–धवलागिरि पर्यावरणीय सामुदायिक पदमार्ग अन्नपूर्णका स्थापित पर्यटकीय गन्तव्य हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web