एमालेको स्थायी कमिटी बैठक बस्दै

भदौ १, २०७८ मा प्रकाशित | 335 views

काठमाडौँ । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । आज मंगलबार बिहान ११ बजे बैठक बोलाइएको छ ।

सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

एमाले विभाजन वा एकताको निर्णायक मोडमा पुगेका बेला बोलाइएको यो बैठकलाई चासोपूर्वक हेरिएको छ । सोमबार राति अध्यक्ष ओलीले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागेको भन्दै यो क्षम्य नहुने बताएका छन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले विज्ञप्ति जारी गरेका हुन् । साथै उनले एमाले एकताका लागि आह्वानसमेत गरेका छन् ।

आजै एमालेले संसदीय दलको बैठक पनि बस्दैछ । संसद अधिवेशन अन्त्य भए लगत्तै बोलाइएको यो बैठक नियमित भएको संसदीय दलका नेता प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web