प्रतिबन्धित भारतीय नोटसहित एकजना पक्राउ

साउन ३२, २०७८ मा प्रकाशित | 484 views

रौतहट। प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार दरभंगा कम्तौल बस्ने ४० वर्षीय सन्जित साह रहेका छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गौर नगरपालिका-५ मेनचौकबाट पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले प्रतिबन्धित २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web