सिड्नी । कोरोनाबाट प्रभावित नेपालका पत्रकारहरुका लागि अष्ट्रेलियाका नेपाली पत्रकारहरुले ५ लाख रुपैया नगद सहयोग प्रदान गरेका छन् । अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसियसन एन्जाको नेतृत्वमा गत अगष्ट ८ तारिखमा ५ लाख नेपाली रुपैया बराबर ५ हजार ७८० अष्ट्रेलियन डलर नेपाल पत्रकार महासंघको खातामा जम्मा गरिएको हो ।
नेपाल पत्रकार महासंघले पत्रकारहरुका लागि सुरु गरेको कोरोना भाइरस राहत कोषमा एन्जाले सहयोग रकम पठाएको अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन (एन्जा) अष्ट्रेलियाका सचिव सरल गुरुङले जानकारी दिनुभयो ।
उहाँको अनुसार कोरोनाको महामारीले आक्रान्त बनेका पत्रकारहरुलाई राहत दिन महासंघले सहयोगको अपिल गरेपछि एन्जाले अष्ट्रेलियामा रहेका आफ्ना सदस्यहरुबाट सहयोग संकलन सुरु गरेको थियो ।

संस्थाका २५ जना पत्रकार सदस्यहरुले २७ सय ५५ डलर सहयोग गरेका थिए । सो रकममा कोभिड १९ कोरोना प्रभावितहरुको लागि अष्ट्रेलियामा र नेपालमा काम गर्न नेपाली दूतावासको पहलमा बनाइएको अष्ट्रेलिया स्ट्याण्ड टुगेदर नामक अभियानले समेत ४ हजार डलर थपिदिएको थियो ।
गैरआवासिय नेपाली संघ अष्ट्रेलियाको नेतृत्वमा, महावाणिज्यदूतका कार्यालय, सामूदायिक र सामाजिक संघसंस्था तथा एन्जा समेत संलग्न रहेर यो अभियान सञ्चालित छ । कोरोना प्रभावित नेपालका पत्रकारहरुलाई सहयोग उपलब्ध गराउन एन्जाले अभियानका संयोजक संस्था एनआरएनए अष्ट्रेलियालाई अनुरोध गरेको थियो कोरोना प्रभावितका लागि राहत र सहयोग अभियानको तर्फबाट प्राप्त सहयोग र स्वयं पत्रकारहरु समेतको गरी नेपालमा हालका लागि ५ लाख सहयोग गरिएको ऋषि आचार्यले बताउनुभयो । आगामी दिनमा पनि महासंघसँग नजिकमा रही प्रभावितहरुको सहायताका लागि क्रियाशील रहने अध्यक्ष आचार्यको धारणा छ । अध्यक्ष आचार्यले अष्ट्रेलिया स्ट्याण्ड टुगेदर अभियानका सबै सामाजिक संघसंस्था, सहयोगी व्यक्तिहरु र शुभचिन्तक सबैलाई धन्यवाद दिनुभएको छ । नेपालका पेशाकर्मी पत्रकारहरुको दुख, पेशागत हकहितका लागि एन्जाले सधै साथ दिने महासचिव चिरञ्जिवी देवकोटाले बताउनुभयो । साथै उहाँले अष्ट्रेलियामै क्रियाशील पत्रकारहरुमा समेत कोरोनाको प्रभावका विषयमा पनि काम गर्ने उहाँको धारणा छ । एन्जाले दिएको सहयोगबाट ज्यान गुमाएका पत्रकारका परिवार र उपचार गर्न समस्या परेका संक्रमित पत्रकारलाई सहयोग उपलब्ध गराउन एन्जाले महासंघसंग अपिल गरेको छ ।
नेपालमा कोरोनाका कारण हालसम्म २१ जना पत्रकारले ज्यान गुमाएको तथा १ हजारभन्दा बढी पत्रकार कोरोना संक्रमित भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
नेपालका मिडिया संचालक, मिडिया हाउस तथा नेपाल सरकारलाई कोरोनाको महामारीका बेला ज्यान जोखिम मोलेर जनतालाई सुसुचित गर्ने काममा अहोरात्र खटिने पत्रकारहरुलाई समयमै खोप, नियमित पारिश्रमिक तथा कोरोना संक्रमण भइहाले निशुल्क उपचारको प्रत्याभूति गर्ने अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन (एन्जा) अष्ट्रेलियाका सचिव सरल गुरुङले जानकारी दिनुभयो ।
18.69¡ÆC