बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, १२ जना घाइते

साउन ३२, २०७८ मा प्रकाशित | 592 views

धादिङ । धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।

राति २ बजे बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलाङ गाउँपालिका-३ की २७ वर्षकी रेनुका कुलुङको ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको बिहान राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचारका क्रममा ज्यान गएको हो ।

यस्तै, दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् । घाइते १२ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा नै उपचार भइरहेको छ भने तीन जनाको गल्छीमा रहेको बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web