त्रिशूली । मिलेनियम च्यालेन्ज कर्पोरेशन अर्थात एमसिसी कार्यक्रम व्यवस्थापिका संसद्बाट अनुमोदन गर्न खोजिएको भन्दै राष्ट्रिय शक्ति नेपाल, नुवाकोटले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
राष्ट्रिय शक्ति नेपालको तर्फबाट नुवाकोट जिल्ला अध्यक्ष रामकृष्ण भट्ट सहित पदाधिकारीले आइतबार प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल मार्फत ज्ञापन पत्र बुझाउदै एमसिसी अनुमोदन नगर्नको लागी प्रधानमन्त्री एंव नेपाल सरकारलाई सचेत गराएका छन् ।
राष्ट्रिय शक्ति नेपालले देशभरबाट बिरोध प्रदर्शन गर्ने क्रममा नुवाकोटमा एमसिसिको लगानीमा कार्यक्रम समेत सञ्चालन हुने जिल्ला भएकाले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन बुझाउदै एमसिसि अनुमोदन गरेमा त्यो राष्ट्रघाती हुने भन्दै रोक्नुपर्ने माग गरिएको राष्ट्रिय शक्ति नेपालका अध्यक्ष रामकृष्ण भट्टले बताउनुभएको छ ।
नेपाली काँग्रेस नेतृत्वमा शेरबहादुर देउवा प्रधानमन्त्री भएसगैँ एमसिसी कार्यक्रम व्यावस्थापिका संसद्बाट अनुमोदन गराउन लागेको चर्चा आएसगैँ सरोकारवाला पक्षहरुबाट बिरोधका कार्यक्रम सञ्चालन गर्ने क्रममा राष्ट्रिय शक्ति नेपालले नुवाकोटबाट प्रधानमन्त्रीलाई एमसिसि अनुमोदन रोक्न सचेत गराएको हो ।
एमसिसि कार्यक्रम मार्फत नेपाललाई पुग्ने लाभ एंव प्रभावकारी भन्दापनि उल्टै विदेशी शक्तिको हस्तक्षेपको लागी बाटो खुला हुने भएकाले एमसिसि कार्यक्रममा राखिएका यसअघिका बुदाँ शंशोधन गरेर समेत अनुमोदन गर्नलाई मान्य नहुने राष्ट्रिय शक्ति नेपाल, नुवाकोटका अध्यक्ष रामकृष्ण भट्टले चेतावनी दिनुभएको छ ।
अमेरिकी सहयोग कार्यक्रम एमसिसि व्यावस्थापिका संसद्बाट अनुमोदन हुन बाँकी रहेपनि सवस्टेशन बनाउन नुवाकोटको रातमाटेमा जग्गा अधिग्रहण गरिएको छ भने प्रशारण लाइन निर्माणको लागी समेत सर्वेक्षणको काम पूरा भैसकेको जनाएको छ । एमसिसि अनुमोदन हुनुअघि नै जग्गा अधिग्रहण गर्ने काम विदेशको इसारामा नेपाल सरकार र नेपालका मुख्य भनिएका दलहरुबाट राष्ट्रघाती काम भएको आरोप राष्ट्रिय शक्ति नेपालका अध्यक्ष रामकृष्ण भट्टले प्रधामन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
नेपाल–भारत सहित छिमेकी रारष्ट्रहरुसंग विद्युत आदान–प्रदान गर्नको लागी नेपालले एमसिसी कार्यक्रम मार्फत काठमाडौदेखि भारतीय सीमाको दुई नाका हेटौडामा र बुटवलसम्म प्रशारण लाइन विस्तार गर्ने, नुवाकोटको रातमाटे सहित अन्य आवश्यक स्थानमा सवस्टेशन बनाउने र सडकको मर्मत तथा विस्तार योजनाको कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।
यद्यपी, एमसिसि कार्यक्रम कार्यान्वयनमा विवादास्पद बुँदा समावेश गरेर अहिले संसद्बाट पास गर्ने पूर्व तयारी भैरहेको जानकारी बाहिर आएसगैँ यसमा बिरोध चर्कन थालेको छ । यसअघि पनि स्थानीयबासी अर्थात जग्गा अधिग्रहण गर्नुअघिका जग्गाधनीको साथ लिएर स्वतन्त्र राष्ट्रिय अभियान र उन्नत लोकतन्त्र पार्टीले बेलकोटगढी नगरपालिका वडा नं. ७ महादेवफाँटमा सवस्टेशन बनाउन लागिएको जग्गामा राष्ट्रिय झण्डा गाढेर बिरोध प्रदर्शन गरेका थिए ।
19.12¡ÆC