त्रिशूली । बागमति प्रदेशको प्रदेश युवा परिषद्को सदस्यमा नुवाकोटको सूर्यगढी गाँउपालिका वडा नं .५ गणेशस्थानका बसन्त न्यौपाने चयन हुनुभएको छ ।
बागमति प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेत अध्यक्ष रहेको प्रदेश युवा परिषद्को सदस्य पदमा नुवाकोटको प्रतिनिधित्व गर्दै न्यौपाने चार वर्षको लागी नियुक्त हुनुभएको हो । प्रदेश युवा परिषद् ऐन २०७६ को दफा ५ को उपदफा १ (ज) अनुसार सामाजिक विकास मन्त्रालयको साउन २७ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार (ऐन अनुसार) पदेन सदस्य बाहेक ११ जना सदस्य नियुक्तीको क्रममा नुवाकोटबाट बसन्त न्यौपानेले सदस्यको जिम्मेवारी पाउनुभएको हो ।
प्रदेश युवा परिषद् ऐनको दफा ५ को उपदफा ४ अनुसार उहाँको कार्यकाल चार वर्षको लागी तोकिएको छ ।
नुवाकोट सूर्यगढीका सामाजिक अभियन्ता बसन्त न्यौपानेले प्रदेश युवा परिषद्को सदस्यको जिम्मेवारी प्राप्त गरेसगैँ ऐन र नियमावलीले दिएको जिम्मेवारी अनुसार बागमति प्रदेश भित्र रहेका युवाहरुको हक, हित, संरक्षण तथा सम्बद्र्धन र शसक्तिकरणको लागी सक्रिय रहने बताउनुभएको छ ।
यसैगरी, युवासम्बन्धी प्रादेशिक नीति, कानुन तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, युवा वैज्ञानिक प्रोत्साहन लगायतको क्षेत्रमा तोकिएका जिम्मेवारी अनुसार भूमिका निर्वाह गर्नको लागी यसलाई अवसरको रुपमा लिएर बागमति प्रदेशको युवाको भविष्य उज्जल बनाउन कोशिस गर्ने उहाँको योजना छ ।
बागमति प्रदेशको प्रदेश युवा परिषद्को पदाधिकारी निम्न अनुसार स्थापना गरिएको छ :
अध्यक्ष – माननीय सरस्वती बस्नेत (मन्त्री )
उपाध्यक्ष – सन्तोष चौलागाईं ( मकवानपुर )
सदस्यहरु :
-बसन्त न्यौपाने ( नुवाकोट )
-इच्छा कुमारी राउत ( सिन्धुली )
– केदार आचार्य (चितवन )
– राधाकृष्ण गिरी ( सिन्धुपाल्चोक )
– श्याम सुन्दर शिवाकोटी
– नम्रता महर्जन ( काठमाडौ )
– छोटी लामा ( रामेछाप )
– नमराज तिमल्सिना ( ललितपुर )
– सुदिप गौतम ( अल्पसंख्यक मकवानपुर )
– प्रिती श्रेष्ठ ( भक्तपुर )
– डालिया नेपाली ( धादिङ )
बागमति प्रदेशको प्रदेश युवा परिषद् समितिको काम, कर्तव्य र जिम्मेवारी निम्न अनुसार तोकिएको छ :

28.13¡ÆC