पेस्तोलसहित तीन जना पक्राउ

साउन २८, २०७८ मा प्रकाशित | 398 views

बुटवल । कपिलवस्तुबाट कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुका २० वर्षीय लक्षमण यादव, २८ वर्षीय विश्वम्वर यादव र ४१ वर्षीय समसाद अहमद खाँ रहेका छन् ।

कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार महाराजगंज नगरपालिका-९ औरहवाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थमा हिँडिरहेको समयमा खान तलासी गर्दा लक्ष्मणको साथबाट एक थान घरेलु नल कटुवा पेस्तोल र विश्वम्वरको साथबाट सो पेस्तोलमा प्रयोग हुने तीन राउण्ड गोली बरामद भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web