काठमाडौँ । कोरोना महामारीको समयमा वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरूको ज्यालामा चोरी भएको एक अध्ययनले देखाएको छ ।
प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले महामारीपछि फर्किएका श्रमिकहरूले गरेको गुनासोको आधारमा गरेको अध्ययनले महामारीको समयमा फर्किएका श्रमिकहरूको ज्यालामा ठगी भएको पाइएको हो ।
महामारीको समयमा स्वदेश फर्किएर समितिको सम्पर्कमा पुगेका ७ सय ३० जना श्रमिकको ज्यालामा ठगी भएको समितिले जनाएको छ । समितिका अनुसार ७३० जना श्रमिकले काम गरेबापत पाउनु पर्ने ३ करोड ९८ लाख ३५ हजार ६३२ रुपैयाँ ज्याला छाडेर फर्किएका छन् । उनीहरूलाई रोजगारदाताले नै काम गरे बापतको तलब नदिई फर्काएको बताएका छन् ।
25.81¡ÆC