नयाँ सरकार गठनका लागि २२ घण्टे आह्वान

साउन २७, २०७८ मा प्रकाशित | 486 views

रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले आज बुधवार दिउँसाे राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले २२ घण्टाको समय दिएर बहुमत सहित सरकारको दाबी गर्न आह्वान गर्नुभएको हो ।

अब भोलि बिहीवार दिउँसो ३ बजेसम्म दलहरूले बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी गर्नेछन् । लुम्बिनीमा कांग्रेस, माओवादी, जनमोर्चा र जसपाको बहुमत रहेको छ ।

शङ्कर पोखरेलको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८० सदस्य छन् ।

प्रदेश सभा सदस्य सन्तोष पाण्डेय, कल्पना पाण्डेय र विजय यादवलाई जसपाले गरेको कारबाही सर्वाेच्चले सदर गरीदिएपछि प्रदेश सभा ८० सदस्यीय बनेको हो । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनमा ४२ र एमालेमा ३८ जना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web