लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्ताव टेबल हुने

साउन २७, २०७८ मा प्रकाशित | 827 views

बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो एक बजे प्रदेशसभाको बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले साउन २१ गते प्रदेशसभाको विशेष अधिवेशन आजका लागि आह्वान गर्नुभएको थियो ।

नयाँ मुख्यमन्त्रीका रुपमा विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ । केसी शंकर पोखरेल नेतृत्वको सरकारमा गएको बैशाख ६ गतेसम्म आन्तरिक मामिला तथा कानुन मन्त्री रहनुभएको थियो ।

लुम्बिनीमा एमालेसँग ३८ जना सदस्य छन् । गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ जना सदस्य छन् । प्रदेश सभा सदस्य सन्तोष पाण्डेय, कल्पना पाण्डेय र विजय यादवलाई जसपाले गरेको कारबाही सर्वाेच्चले सदर गरी दिएपछि प्रदेशसभा ८० सदस्यीय बनेको छ । भौतिक पूर्वाधार मन्त्री सन्तोष पाण्डेयले हिजो बेलुका पदबाट राजीनामा दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web