काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनासँगै प्रधानमन्त्रीबाट हटेका केपी शर्मा ओलीले मंगलबार प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा संसदमा सम्बोधन गरे ।
एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीको सवा एक घण्टा लामो सम्बोधन आफू र आफ्नो पार्टीप्रति भरोसा, सत्तारुढ गठबन्धनप्रति आक्रोश र प्रश्नहरु मिश्रित थियो । आफैंले भंग गरेको प्रतिनिधिसभामा सम्बोधन गरेका उनले गल्ती स्वीकार गरेनन्, बरु अदालतकै फैसलाप्रति असन्तुष्टि जनाए ।
सम्बोधनका क्रममा विपक्षी दलका नेता ओलीले सरकारको साझा न्यूनमत कार्यक्रमलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि उठाएको दुई प्रश्न महत्वपूर्ण छ ।
पहिलो प्रश्न : एमसीसी के गर्नुहुन्छ ?
दोस्रो प्रश्न : लिम्पियाधुरा, लिपुलेक समस्या हो ?
सत्तारुढ दलहरुले २५ साउनमा सार्वजनिक गरेको सरकारको साझा न्यूनमत कार्यक्रम, अमेरिकाको अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे मौन छ ।
23.12¡ÆC