कांग्रेस जिल्ला सभापतिको भेला जारी

साउन २५, २०७८ मा प्रकाशित | 447 views

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी छ ।

ठमेलस्थित एक होटेलमा जारी भेलामा ४७ जना जिल्ला सभापतिहरु सहभागी भएका छन् । नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसार ३५ जना भौतिक उपस्थितिमा र १२ जना भर्चुअल रुपमा सहभागी भएका छन् । भेलामा जिल्ला सभापतिहरुले भनाइ राख्ने क्रम जारी छ ।

कांग्रेसको १४औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर छलफलमा जुटेका हुन् ।

छलफलबाट महाधिवेशनका सम्बन्धमा आवश्यक रणनीति बनाइने काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web