टोकियो, जापान । जापानमा अर्को बर्ष कोरोना भाइरस बिरुद्धको तेस्रो खोप लगाउने सम्भावना रहेको जापानी अधिकारीहरुलाई उद्दृत गर्दै जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन । अर्को वर्ष कोरोना भाइरस खोपको तेस्रो शट लगाउने कि नलगाउने भन्ने विषयमा अध्ययन शुरु गरेको सरकारी अधिकारीहरुले बताएका छन् । समय वित्दै जाँदा खोपको प्रभावकारिता घट्ने सम्भावना र अत्यधिक संक्रामक भाइरसलाई रोक्ने आवश्यकतालाई लिएर सरकारले अर्को बर्ष कम्तीमा २० करोड डोजको आपूर्ति सुरक्षित गर्ने प्रयासमा अध्ययनलाई अगाडि बढाउने अधिकारीहरुले बताएका छन् । टोकियोमा जारी भाइरस संक्रमणको स्थिति र अन्य देशहरुले कोभिड-१९ बूस्टर खोपको बारेमा कस्तो कदम चाल्छन् भन्ने बारेमा ध्यान दिएर यस विषयमा जापानले निर्णय गर्ने भएको छ । इजरायलमा बूस्टर शटहरु पहिले नै ६० बर्ष वा माथिका मानिसहरुको लागी दिनथालिएको छ । जबकि जर्मनीले सेप्टेम्बरमा बुजुर्गहरुको लागी तेस्रो मात्रा खोप प्रदान गर्नको लागी निर्धारित गरेको छ । स्वीडेनले पनी त्यस्तै गर्ने निर्णय गरेको छ, सम्भवतः सेप्टेम्बरबाट बेलायतले पनि यसको सुरुवात गर्ने ठानिएको छ । जापानको खोप कार्यक्रम फेब्रुअरीमा शुरू गरिएको थियो, सुरुमा स्वास्थ्य सेवा कर्मचारीहरु को लागी र अप्रिलमा वृद्ध र पछि आम जनताका लागि विस्तार गरेर हाल देशभर खोप कार्यक्रम चलिरहेको छ । खोप प्रयासको जिम्मेवार मन्त्री तोरो कोनोले जुलाई ३० मा 'सम्भवतः अर्को बर्ष कोभिड-१९ खोपको तेस्रो डोज दिने' बताएका छन् । सरकारले २०२२ को शुरुदेखि नै मोडेर्ना इंकको कोरोना भाइरस भ्याक्सिनको थप ५ करोड डोज प्राप्त गर्ने सम्झौतामा हस्ताक्षर गरिसकेको छ । नोभाभाक्स इन्कले २०२२ को शुरुमा सुरु गरेको भ्याक्सिनको १५ करोड डोज सुरक्षित गर्ने विषयमा पनि छलफल चलिरहेको छ। बूस्टर शटको आवश्यकता बारेमा देशहरुले फरक फरक निर्णय गरिरहेका छन् । जापानमा बिदेशमा आयोजित क्लिनिकल परीक्षणहरुमा पहिले लगाएकै वा अन्य खोप कुन दिंदा प्रभावकारी हुन्छ भन्ने तथ्यलाई हेरेर जापानले निर्णय गर्नेछ । बिहीबार, मोडेर्नाले कोरोना भाइरस खोपको दोस्रो मात्रा लगाएको ६ महिना पछि शरिरमा ९३ प्रतिशत प्रतिरोधात्मक क्षमता रहने बताएको छ । तर एन्टिबडी स्तरमा गिरावट हुँदै जाने तथ्यलाई देखाएर नयाँ भेरियन्टहरु बाट बच्नको लागी तेस्रो बूस्टर शटको आवश्यकताको संभावनालाई औंल्याएको छ । यसैबीच, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधानोम गेब्रेएससले बुधवार केही सम्पन्न देशहरुलाई कम्तीमा सेप्टेम्बरको अन्त्यसम्म तेस्रो शट लगाउन वा योजनालाई स्थगित गर्न आह्वान गर्दै सबै देशहरुमा कोभिड-१९ खापको उचित पहुँचलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । 'महामारीको बीचमा पनि धेरै मानिसहरुलाई जीविकोपार्जन गर्न को लागी काम गर्नु पर्छ' भन्ने कुरा उल्लेख गर्दै, डब्ल्यूएचओ प्रमुखले पत्रकार सम्मेलनमा भनेका छन् 'जबकि लाखौं मानिसहरु अझै पनि आफ्नो पहिलो खुराक पर्खिरहेका छन्, केहि धनी देशहरु बूस्टर डोज तिर लागेका छन् ।'