कक्षा १२ को परीक्षा स्थगित हुने संकेत, सीसीएमसीको पत्र-‘पुनर्विचार गरेर निर्णय लिनू’

साउन २२, २०७८ मा प्रकाशित | 363 views

काठमाडौं, २२ साउन । यो वर्षको कक्षा १२ को परीक्षा स्थगित हुने संकेत देखिएको छ । शनिबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर परीक्षा सञ्चालन गर्ने वा स्थगित गर्ने निर्णय गर्नेछ । बोर्डले साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा गर्ने मिति तय गरेको थियो ।

पछिल्लो समय कोरोना संक्रमणसँगै मृत्युदर पनि बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० ले बोर्डलाई परीक्षाको विषयमा पुनस् विचार गरेर निर्णय लिन निर्देशन दिएको छ। बोर्डले परीक्षा सञ्चालनको माग गरे पनि सिसिएमसीले पुनर्विचार गरेर मात्र परीक्षाबारे निर्णय लिनू भनी पत्र पठाएकाले परीक्षाका विषयमा अहिले केही भन्न सकिने अवस्था नरहेको स्रोतले जानकारी दिएको छ ।

परीक्षा रोक्न विभिन्न सरोकारवालाले पनि माग भने गरिरहेका छन्। परीक्षा सार्ने वा मोडालिटी परिवर्तन गरी आन्तरिक मुल्याङ्कनबाट नम्बर दिने भन्ने विषयमा भोलिको बैठकले निर्णय गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । यो वर्षको परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web