अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

साउन २१, २०७८ मा प्रकाशित | 353 views

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका– ९ स्थित हिले–छिन्ताङ सडकखण्डबाट प्रहरीले अवैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । चेक पोइन्ट राखेर सवारीसाधन चेकजाँच गर्ने क्रममा अवैध काठ लिएर आएको प्र. १–००२–००३ त १५९४ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

ट्याक्टरमा अवैध रूपमा ल्याइएको सालको काठको १० वटा चौकस र ६ वटा ढोका गरी २९.८३ चिरान क्युबिक फिट काठ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी दीपककुमार रायले बताए । ट्याक्टरको डालामा बाँधेर काठलाई माथिबाट त्रिपालले छोपी लुकाएर ल्याएको र चेकजाँच गर्दा अवैध काठ भएको पत्ता लागेपछि नियन्त्रणमा लिएका डिएसपी रायले बताए ।

काठ मात्र लैजाँदा पक्राउ पर्ने सम्भावना बढी हुने भएकाले प्रहरीको आँखा छल्न काठको झ्याल, ढोका बनाएर ट्याक्टरमा त्रिपालले छोपी लुकाएर ल्याएका थिए । अवैध काठ फेला परेपछि प्रहरीले ट्याक्टर र चालक सहिदभूमि गाउँपालिका– ४ का ३२ वर्षीय सञ्जय राईलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web