करेन्ट लागेर दाजुभाइको मृत्यु

साउन २१, २०७८ मा प्रकाशित | 343 views

बैतडी । बैतडीमा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका-५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।

बुधबार राति ९ बजेतिर उनीहरूलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

घरभन्दा अलि पर मकैबारीमा जंगली बँदेल मार्नका लागि छोडिएको तारबाट उनीहरूलाई करेन्ट लागेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web