व्यवसायी ज्ञवालीविरुद्ध मुद्दा दर्ता

साउन १९, २०७८ मा प्रकाशित | 330 views

काठमाडौँ । मोबाइलजन्य वस्तुको अवैध कारोबार गरी राजस्व छली गर्ने एक जना व्यवसायीविरुद्ध मुद्दा दर्ता भएको छ ।

राजस्व अनुसन्धान विभागले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ स्थायीवासी एभरेष्ट मोबाइल सेन्टरका प्रोपराइटर विष्णु ज्ञवालीविरुद्ध सोमबार उच्च अदालत तुल्सीपुर बुटवलमा मुद्दा दर्ता गरेको हो। ज्ञवालीविरुद्धको मुद्दामा सात करोड ३७ लाख ७५ हजार ५७६ हजार रुपैयाँ विगो कायम गरिएको छ।

विभागले उनको मोबाइल पसलमा रहेका मोबाइलजन्य मालवस्तुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको, निजले पेस गरेको वित्तीय विवरण र आय विवरणमा बिक्री आय लुकाएको, मालवस्तु विक्री गर्दा बिल विजक जारी नगरी न्यून मौज्दात देखाएको र भन्सार चोरी पैठारी गरी मालवस्तुको अधिक मौज्दात देखाइ अवैध (लुज) बिल विजकबाट मालवस्तु खरिद र बिक्री गरी वास्तविक बिक्री आय लुकाएको, बिल विजक जारी नगरी मालवस्तु बिक्री गरिएको तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको पाइएको जानकारी दिएको छ।

विभागले दर्ता गरेको मुद्दामा ज्ञवालीबाट विगो बराबरको सात करोड ३७ लाख ७५ हजार ५७६ हजार रुपैयाँ र सोही बराबरको जरिवाना असुली तथा कैद सजाय माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web