जिपमाथि ढुंगा खसेर सहचालकको मृत्यु

साउन १९, २०७८ मा प्रकाशित | 337 views

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुंगा लागेर जिपका सहचालकको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार राति ८ बजे माथिबाट एक्कासि खसेको ढुंगा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिस खाँणको मृत्यु भएको हो ।

घाइते सहचालक खाँणलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । जिप चालक चापाकोट नगरपालिका–५ बस्ने डिलु थापा घाइते भएका छन् । प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web