एमालेले बनायो नौ वटा विभाग, बादललाई जिम्मेवारी दिदाँ माधव नेपाललाई आउट गरियो

साउन १८, २०७८ मा प्रकाशित | 508 views

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सोमबार बसेको स्थायी समितीको बैठक सम्पन्न भएको छ । आजको बैठकले नौवटा विभाग गठन गरेको एमाले पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा पार्टी स्कुल विभाग, महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संगठन विभाग, सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा संसदीय दलको विभाग, विष्णु रिमालको संयोजकत्वमा आर्थिक विभाग, पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा प्रचार विभाग, भानुभक्त ढकालको संयोजकत्वमा पर्यटन विभाग, डा राजन भट्टराईको संयोजकत्वमा विदेश विभाग, अग्नि खरेलको संयोजकत्वमा निर्वाचन विभाग र देवेन्द्र दाहालको संयोजकत्वमा स्थानीय तहको विभागको जिम्मेवारी दिइएको छ । 

यसअघि पनि नेकपा एमालेले भदौ २७ र २८ गते पार्टी विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । जसमा तीनवटा प्रस्तावमध्ये राजनीतिक प्रस्ताव पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई, विधान संशोधन प्रस्ताव महासचिव ईश्वर पोेखरेललाई र समग्र व्यवस्थापनको जिम्मेवारी रामबहादुर थापा बादललाई दिइसकेको पनि ज्ञवालीले बताउनुभयो । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई समावेश गरिएको छैन । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web