टोकियो, जापान । जापान ओलम्पिकमा प्रतिस्पर्धा गर्न आएर आफ्नो देश बेलारुस फर्कन नचाहेकी एक महिला धावकलाई पोल्याण्डले शरण दिने भएको छ । राष्ट्रिय प्रशिक्षण टिमको आलोचना र केही सार्वजनिक टिप्पणीहरुका कारण देश फर्किएमा कडा सजाय भोग्नुपर्ने भन्दै बेलारुसकी धाविका क्रिष्टिस्ना चिमानोउस्कायाले जापानमै शरण मागेकी थिईन् । टोकियो स्थित बिमानस्थल पुगेर समेत बिमान चढ्न अस्विकार गरेकी उनलाई पोल्याण्डले शरण दिने प्रक्रिया अघि बढाएको बताइएको छ । समाचार अनुसार सोमबार ति महिला धावक टोकियोमा रहेको पोलिश दूतावास प्रवेश गरेकी छिन् । स्रोतहरुका अनुसार पोलिश अधिकारीहरुले उनलाई शरणको लागि आवेदन गर्न भनेका छन् । आइतबार राति टोकियोको हानेदा विमानस्थलमा उनको टोलीलाई स्वदेश फर्काउन लैजानु अघि पोस्ट गरिएको एक भिडियो सन्देशमा धावकले आईओसीलाई सहयोगको लागि अपील गरेकी थिइन् । क्रिष्टिस्नाले भनिन ‘म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई सहयोग माग्दै छु । त्यहाँ म बिरुद्ध दबाव सिर्जना गरिएको छ र उनीहरु मलाई मेरो अनुमति बिना देश बाहिर निकाल्ने कोशिश गरिरहेका छन ।’ २४ वर्षीया युवतीले उनको टिप्पणी त्यहाँको सरकारले बेलारूसी सरकारको आलोचनाको रूपमा हेर्ने बताएकी छिन् । सोमबार उनको खेल प्रतिस्पर्धा सकिँदै थियो र उनलाई स्वदेश फर्कनको लागि दबाव दिइएको थियो । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले सरकार विरोधी प्रदर्शनकारीहरुमाथि गरेको हिंसात्मक कारबाही र दमनको व्यापक अन्तर्राष्ट्रिय आलोचना भइरहेको छ ।
19.12¡ÆC