मुख्य प्रशिक्षक अलमुताइरीले माफी मागे

साउन १८, २०७८ मा प्रकाशित | 425 views

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । केही समयअघि एक अनलाइन मिडियामा दिएको अन्तर्वार्ताको आलोचना भएपछि प्रशिक्षक अलमुताइरीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् ।

त्यस अन्तर्वार्तामा आफूले नेपाली राष्ट्रिय टोली, पूर्वखेलाडी तथा प्रशिक्षकको विषयमा बोल्दा केहीलाई चोट पुगेको बताउँदै अलमुताइरीले आज माफी मागेका हुन् । पछिल्ला तीन दशकमा नेपाली फुटबल टोली र अरू एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउनु खोजेको उनले भनेका छन् ।

आफूले अन्तर्वार्तामा भनेका कुराको गलत अर्थ लागेकोमा माफी माग्दै अलमुताइरीले फेसबुकमा लेखेका छन्, ‘मेरो कसैसँग दुर्भावना छैन । मलाई नेपाल र नेपाली फुटबलको यात्राप्रति गर्व छ । नेपाली टोलीप्रति मेरो सधैँ सम्मान छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web