एमाले स्थायी कमिटी बैठक बस्दै

साउन १७, २०७८ मा प्रकाशित | 331 views

काठमाडौँ । शनिबार स्थगित गरिएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको हो ।

एमालेको शनिवारको बैठक विघटित कार्यदलका सदस्यको सदस्यहरूको सुझाव अनुसार शनिवारको बैठक स्थगित गरिएको थियो ।

नेपाल समूहका वार्ता टोलीका नेताहरूले अन्तिम पटक माधव नेपालसँग संवाद गर्ने बताएपछि विघटित वार्ता टोलीका संयोजक सुवास नेम्वाङको आग्रहमा शनिवारको बैठक स्थगित भएको थियो ।तर अब माधव नेपाललाई पर्खिएर नबस्ने एमाले स्रोत बताउँछ ।

आजको बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी एवं पार्टी सदस्यता नवीकरण र वितरणबारे छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web