मुख्य प्रशिक्षक अलमुताइरीको राजीनामा प्रकरण मन्त्रालयले छानबिन गर्ने

साउन १६, २०७८ मा प्रकाशित | 562 views

काठमाडौ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरण युवा तथा खेलकुद मन्त्रालयले छानबिन गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को हिजो बसेको कार्यसमिति बैठकले प्रशिक्षकको राजीनामा प्रकरणका लागि छानबिन गर्न मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गका कारण आफुले पदबाट राजीनामा दिने घोषणा गरेपछि विवाद उत्कर्षमा छ ।

मुख्य प्रशिक्षकले आफुमाथि संघिन आरोप लगाएपछि वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले छानविनको माग गर्दै एन्फामा निवेदन दिनुभएको थियो । बिहिबार मात्र मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष र दुई पत्रकारमाथि छानविनको माग गर्दै एन्फामा उजुरी दिनुभएको हो । प्रशिक्षकको राजीनामा प्रकरण र वरिष्ठ उपाध्यक्षमाथिको आरोपबारे छलफल गर्न एन्फाले हिजो आकस्मिक कार्यसमितिको बैठक आह्वान गरेको थियो । एन्फा कार्यसमिति बैठकले घटनाको उच्चस्तरीय छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web