टोकियो, जापान । जापानमा कोरोना भाइरस बिरुद्धको खोप लगाएका ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
जापानको राष्ट्रिय संक्रामक रोग नियन्त्रण ईन्स्टिच्युटका विज्ञहरुका अनुसार दुवै मात्रा खोप लगाइसकेका ६७ जनामा तीन महिनाको अवधिमा कोरोना संक्रमण भएको हो ।
जापानमा नै गरिएको पहिलो सर्वेक्षणबाट यस्तो तथ्य फेला परेको हो र यो नगरपालिका सरकारहरु र चिकित्सा संस्थाहरुबाट प्राप्त रिपोर्टमा आधारित थियो ।
भाइरसबाट पूर्ण सुरक्षा पहिलो खोप लगाएको लगभग १४ दिन पछि हुन्छ भन्ने विश्वास गरिन्छ । खोप लगाईसकेका व्यक्तिमा पनि पुन संक्रमणको घटनालाई एउटा ब्रेक थ्रु घटनाको रुपमा हेरिएको छ ।
इन्स्टिच्युटका शोधकर्ताहरुका अनुसार पुन संक्रमित भएका मध्ये लगभग ८० प्रतिशत मानिसहरु २० देखि ४० बर्ष उमेर समुहका थिए । तर संक्रमित भएका कसैमा पनि गम्भीर लक्षणहरु विकसित भएनन् ।
उनीहरुका अनुसार १४ वटा केसको आनुवंशिक विश्लेषणबाट थाहा भयो कि १२ जनामा अल्फा भेरियन्ट संक्रमण भएको थियो । जुन पहिलो पटक बेलायतमा पत्ता लागेको थियो । अन्य दुई डेल्टा भेरियन्ट ईण्डियामा पुष्टि भएको पाइएको थियो ।
अन्वेषकहरु बताउँछन् कि पुन संक्रमणको यो घटनाका वावजुद कोरोना भाइरस बिरुद्धका खोपहरु प्रभावकारी छन । विज्ञहरुले यि घटनाहरुपछि कोरोना भाइरस बिरुद्धको जुनसुकै खोप लगाएपनि संक्रमण विरोधी उपायहरु अपनाउनु महत्वपूर्ण रहेकोमा जोड दिएका छन् ।
20.81¡ÆC