३३ किलो सुन काण्डमा फरार पक्राउ

साउन १६, २०७८ मा प्रकाशित | 406 views

काठमाडौँ । ३३ किलो सुन काण्डमा फरार रहेका ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारी पक्राउ परेका छन् ।

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका झापाको गौरादह नगरपालिका ८ बस्ने भण्डारी पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उनी गौशालाबाट पक्राउ परेका परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web