बंगलादेशमा यो महिनामा मात्रै १ हजार ९ सय २० जनामा डेङ्गुको संक्रमण

साउन १५, २०७८ मा प्रकाशित | 520 views

बंगलादेशमा यो महिनामा मात्रै १ हजार ९ सय २० जनामा डेङ्गुको संक्रमण

काठमाडौँ । बंगलादेशमा लामखुट्टेको टोकाइका कारण डेङ्गुका संक्रमितहरु बढ्न थालेका छन्।

यो महिनामा मात्रै १ हजार ९ सय २० जनामा डेङ्गुको संक्रमण पाइएको स्वास्थ्य सेवा महानिर्देशक (डिजीएचएस)ले जानकारी दिएको हाे।

डिजीएचएसका अनुसार यस वर्ष कम्तीमा २ हजार २ सय ९२ बिरामीमा डेङ्गु फेला परेको छ। जसमध्ये कम्तिमा ३ जनाको मृत्यु भएको छ।

१७ करोडभन्दा बढी मानिस बसोबास गर्ने राजधानी ढाकामा सबैभन्दा बढी डेङ्गुका संक्रमित फेला परेको बताइएको छ।

पहिले नै कोरोना भाइरसको तेस्रो लहरको कारण थलिएको बंगलादेशको स्वास्थ्य सेवामा डेङ्गुले थप दबाब परेको छ।

बंगलादेशमा बिहीबार २३९ कोरोना संक्रमितको मृत्यु भएको थियो। हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या २० हजार २५५ पुगेको छ।

यसै अवधिमा १५ हजार २७१ नयाँ कोरोना संक्रमित थपिएका छन्। हाल बंगलादेशमा १२ लाख २६ हजार २५३ संक्रमित फेला परिसकेका छन्।

सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि देशव्यापी रुपमा लकडाउन गरेको छ। तर, पनि पछिल्लो महिना कोरोना भाइरसको संक्रमण भने घटेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web