७ सय ३० क्विन्टल केराउ बरामद

साउन १४, २०७८ मा प्रकाशित | 419 views

परासी । प्रहरीले पश्चिम नवलपरासीमा ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । भन्सार छलेर सिमावर्ती नाकाबाट भारततर्फ निकासी गर्न लागिएको आशंकामा प्रहरीले जिल्लाको परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट बरामद ७ सय ३० क्विन्टल केराउ बरामद गरेको हो ।

बरामद गरिएको केराउको बजार मूल्य करिब १ करोड रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायब उपरीक्षक राजु लामाले बताए । बरामद भएको केराउ आवश्यक अनुसन्धानका लागि महेषपुर भन्सार पठाइएको छ ।

७ वटा भ्यान र ३ वटा ट्रकमा भारततर्फ लैजाने तयारी गरिरहेको अवस्थामा प्रहरीले अनुसन्धानका लागि भन्दै केराउ बरामद गरेको हो । प्रहरीले केही दिनअगाडि मात्र करिब २२ लाख रुपैयाँको केराउ जिल्लाका विभिन्न सीमाबाट बरामद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web