एजेन्सी, जापान । बिहिबार बिहान अलास्का क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सो क्षेत्रमा गम्भिर सुनामीको चेतावनी जारि गरिएको छ ।
बुधवार राती अलास्काको अलेउटियन क्षेत्रमा ७.३ म्याग्निच्युटको भूकम्प मापन गरिएको थियो ।
अलास्का भूकम्प केन्द्रका अनुसार उक्त भूकम्प रात १० बजेर १५ मिनेटको समयमा दक्षिणपूर्वमा गएको बताएको थियो ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले भूकम्पको समीक्षा गर्दै ८.२ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ ।
अमेरिकी सुनामी चेतावनी प्रणालीका अनुसार अलास्का प्रायद्वीप र अलेउटियन टापुहरुमा सुनामीको गम्भिर चेतावनी जारी गरिएको छ । चेतावनीमा हिन्चीब्रुक प्रवेशबाट यूनिमक पास, र यूनिमक पास बाट समाल्गा पास सम्म प्रशान्त तटक्षेत्र रहेका छन् ।
सम्भावित सुनामी गतिविधि अघि समुन्द्र तट क्षेत्रबाट आपतकालिन रुपमा मानिसहरुलाई सुरक्षित आश्रय स्थलहरुमा जान निर्देशन र उद्दार थालिएको छ ।
सुनामीको चेतावनी दिइएका क्षेत्रका बासिन्दाहरुलाई बाढी आउनसक्ने क्षेत्रहरु भन्दा माथिल्लो जमिनमा सर्न सल्लाह दिइएको छ ।
समुद्र तट बाहिर र बन्दरगाहहरु भन्दा टाढा बस्न चेतावनी दिइएको र अग्लो जमिन क्षेत्रमा मासिनहरुलाई सार्न थालिसकिएको अधिकारीहरुले बताएका छन् ।
सुनामीको प्रभाव सुरुहुने क्रममा रहेको र यसले हवाई राज्यसम्म असर पार्ने बताईएको छ ।
20.71¡ÆC