काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १४–१६ मा नहुने निश्चितप्रायः भएको छ । यद्यपि बुधबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले महाधिवेशनको मितिबारे ठोस निर्णय गरेको छैन ।
अधिवेशन गर्न संविधानले दिएको ५ वर्ष गुजारेको कांग्रेसको थप ६ महिनाको अवधि पनि २३ भदौमा सकिँदैछ । ६ महिनाको अवधि सकिन अब ४१ दिन मात्र बाँकी हुँदा पनि कांग्रेसले क्रियाशील सदस्यता नै टुंगो लगाउन सकेको छैन । यही कारण साउन १२ गते हुनुपर्ने वडा अधिवेशन हुन सकेन भने १६ साउनको नगर तथा गाउँ अधिवेशन पनि हुने छैन ।
20.12¡ÆC