काठमाडौँ । चीनका प्रधानमन्त्री ली खछयाङले नेपालका नयाँ प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवालाई सरकारको नेतृत्व गरेकोमा बधाई सन्देश दिँदै चिनियाँ प्रधानमन्त्री लीले दुवै देशबीच रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् । लीले त्यसको लागि आफ्नो समकक्षी देउवासँग मिलेर काम गर्न चीनले चाहेको पनि प्रष्ट पारेका छन् ।
नेपालका लागि चीनकी राजदूत होउ यान्छीले प्रधानमन्त्री लीले पठाएको सन्देशलाई ट्वीटमार्फत जानकारी दिएकी छन् । साथै, चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले पनि उक्त समाचार बाहिर ल्याएको छ ।
उक्त समाचारमा चिनियाँ प्रधानमन्त्री लीले चीन र नेपाल हिमालय र नदीले जोडिएको तथा एउटा ढुंगामा रहेर एक अर्कालाई सहयोग गर्ने रहेको उल्लेख गरेका छन् । उनले देउवासँग महामारीको चुनौतीलाई पार गर्न र बेल्ट एन्ड रोड लाई संयुक्त रुपमा उच्च गुणस्तरका साथ बढाउनको काम गर्ने पनि बताएका छन् ।
19.12¡ÆC