टी–ट्वान्टी वरीयतामा नेपालको एक स्थान सुधार

साउन ११, २०७८ मा प्रकाशित | 546 views

काठमाडौँ । टी–ट्वान्टी वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निकालेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।

नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा नेपाल टेस्ट राष्ट्र आयरल्यान्डभन्दा अघि रहेको छ । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो ।

टी–ट्वान्टीको नयाँ वरीयताको शीर्ष स्थानमा इङ्ग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्यान्ड रहेका छन् । चौथो पाकिस्तान र पाँचौं अस्ट्रेलिया रहेको छ । नेपाल एक दिवसीय वरीयतामा भने १६ औं स्थानमै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web