निर्वाचन आयोगले पार्टी फुटाएको राजेन्द्र महतोको अरोप

साउन ११, २०७८ मा प्रकाशित | 434 views

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउने काम गरेको बताएका छन् । सोमबार जसपा आधिकारिकता विवाद निरुपणका लागि आयोगले सनाखतका लागि महन्थ र उपेन्द्र दुवै पक्षका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई बोलाएको थियो ।

यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ जना सदस्यहरुले सनाखत गरेपछि नेता महतोले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आयोगले पार्टी फुटाउने काम गरेको आरोप लगाएका हुन् । ‘हामी पार्टी फुटाउन लागि आयोगमा गएका हैनौं । आयोगले पार्टी फुटाउँदैमा फुट्दैन,’ उनले भने,’जनताबाट पार्टी निर्माण हुने हो । जनता हाम्रो साथमा छन् ।’

उनले प्राविधिक विभाजनबाट आफुलाई कुनै असर नगर्ने पनि बताए । आफूहरुका लागि केपी ओली र शेरबहादुर देउवा दुवै बराबर रहेको बताए । उनले भने,’हाम्रा लागि उनीहरु दुवै प्रतिगमनकारी नै हुन् । केपी ओलीलाई पनि मद्दत गरेका थियौं, देउवालाई पनि ।’

‘तत्कालीन समाजवादी पार्टी फुट्ने बेलामा हामीले पार्टी एकता गरेर उपेन्द्र यादवलाई मद्दत गरेका थियौं,’ उनले भने,’अहिले प्राविधिक कारणले हाम्रा साथीहरु यताउता हुनु भएको छ तर त्यो धेरै समय रहँदैन ।’ आयोगको निर्णयपछि आफूहरुले आगामी कदम चाल्ने महतोले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web