सर्लाहीमा हात्तीको आक्रमणबाट एकको मृत्यु

साउन ११, २०७८ मा प्रकाशित | 359 views

सर्लाही । सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । हात्तीकाे आक्रमणबाट अर्का एक जना घाइते भएका छन् ।

हरिवन नगरपालिका वडा नम्बर ४ की ६२ वर्षीया तेतरी खातुन धुनियाको ज्यान गएको जिल्ला वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिनुभयो । आज साेमवार बिहान विवाह कार्यक्रममा जाँदै गर्दा उहाँलाई जङ्गली हात्तीले आक्रमण गरेको हो ।

यस्तै हात्तीको आक्रमणबाट सर्लाहीकै वाग्मती नगरपालिकामा एक जना घाइते भएका छन् । उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web