निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन

साउन ११, २०७८ मा प्रकाशित | 367 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्याका सम्बन्धमा शीघ्र दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर प्रधानमन्त्रीले शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न निर्देशन दिनुभएको हो ।

निर्मला हत्या प्रकरणको आइतबार तीन वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीले चासोपूर्वक दोषी पत्ता लगाउन र कारबाही गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्रहरी प्रमुखसँग सो प्रकरणमा हालसम्म भएको अनुसन्धानबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन मैले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु । चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।”

कञ्चनपुरकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या भएको साउन १० गते ३ वर्ष पूरा भएको छ ।

विसं २०७५ साउन १० गते विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web