राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको फोटो बिगारेर टिकटक बनाउने व्यक्ति पक्राउ

साउन १०, २०७८ मा प्रकाशित | 364 views

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो दुरुपयोग गरेर, बिगारेर टिकटक बनाउने एक जना पक्राउ परेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर टिकटकमा पोस्ट गरी चरित्र हत्या गर्ने झापाको मेचीनगर नगरपालिका ६ का सोमप्रसाद घिमिरेलाई नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web