चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहिवार अन्दाजी २५–३० वर्षको भाले गैँडा मरेकाे अवस्थामा भेटिएकाे निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर यस घटना भएको निकुञ्जको अनुमान छ । मरेकाे गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताउनुभयो।

योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८/७९ मा तीन वटा भाले गैँडा मरेका छन्।

प्रतिक्रिया

TOP