प्रधानमन्त्री र विप्लव बीच भेटवार्ता

साउन ७, २०७८ मा प्रकाशित | 463 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच बुधवार बेलुका छलफल भएको हो । अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका बारेमा छलफल गर्न विप्लवसहितका नेता बालुवाटार पुगेका हुन् ।

गएको फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर विप्लव नेतृत्वको नेकपा खुला राजनीतिमा आएको हो । तर सहमतिअनुसार कार्यकर्ता रिहाइ लगायतका माग पूरा नभएकाले नयाँ सरकार बनेलगत्तै विप्लवले राजनीतिक भेटघाटलाई तीव्र बनाउनुभएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे सम्झौता गरेर भूमिगत राजनीति परित्याग गर्नुभएका चन्दको ओली सत्ताबाट बाहिरिएसँगै भइरहेको राजनीतिक भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

पछिल्ला एक हप्ताभित्र चन्दले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराई, आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साह, एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web