बल्ल आयो देउवालाई मोदीको बधाई

साउन ४, २०७८ मा प्रकाशित | 467 views

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनु भएको छ । मोदीले ट्वीटमार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

साथै मोदीले देउवाको कार्यकालमा दुई देशबीचका विशिष्ट सम्बन्ध थप सुधार हुनुका साथै नागरिकबीचको सम्बन्ध थप गहिराइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएपछि मोदीको बधाई र शुभकामना आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web