जसपा नेता ठाकुरसँग मागे प्रधानमन्त्रीले विश्‍वासको मत

साउन ३, २०७८ मा प्रकाशित | 436 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पत्र पठाएर विश्‍वासको मत मागेका छन् ।

देउवाले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम रहेको जनाउँदै उक्त प्रस्तावमा मत दिन ठाकुर र उनका पक्षका सांसदहरुलाई अनुरोध गरेका हुन् ।

‘२०७८/४/३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकोले उक्त प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरुको तर्फबाट समर्थन गर्न गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु’ देउवाले लेखेको पत्रमा उल्लेख छ ।

प्रतिनिधिसभाको आइतबार बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै छन् । जसपा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले भने देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने निर्णय गरिसकेको छ । ३२ सांसद रहेको जसपाको यादव-भट्टराई पक्षमा १९ जना सांसद देखिएका छन् । ठाकुर पक्षमा १३ जना सांसद छन् ।

देउवालाई कांग्रेसबाहेक नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनमोर्चाले समर्थन जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web