काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आइतबार बालकुमारीस्थित पार्टी कार्यालयमा जसपा यादव-भट्टराई पक्षको संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।
ज्येष्ठ सदस्य महेन्द्रराय यादवको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए । उनका अनुसारर बैठकमा १९ जना सांसद उपस्थित थिए ।
देउवाले आइतबार बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिँदैछन् ।
18.12¡ÆC