अफगान सरकार र तालिबान बीच भेटवार्ता

साउन २, २०७८ मा प्रकाशित | 478 views

काठमाडौँ । अफगानिस्तानमा भिडन्तहरु भैरहेकै बेला अफगान सरकार र तालिबानका प्रतिनिधिहरू बीच भेट भएको छ ।

कतारको दोहामा भइरहेको उच्चस्तरीय छलफलमा सहमतिका लागि दुवै पक्षले पहल गरिरहेका समाचारसंस्था अल जजिराले जनाएको छ । विदेशी सेना फर्कन थालेसँगै तालिबानले विभिन्न भूभागहरु कब्जा गर्ने क्रम शुरु भएपछि अफगानिस्तानमा तनाव बढेको हो । यही तनावका बीच भएको भेटमा सरकारी टोलीको नेतृत्व पूर्व प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले गर्नुभएको छ । उहाँले अफगानिस्तानमा जारी युद्धको समाधान वार्ता मात्रै भएकोले सबै सम्भावनाहरुलाई खुल्ला राखेर वार्ता भइरहेको बताउनुभएको  छ ।

तालिबानका प्रवक्ता मोहम्मद नेइमले पनि आफ्नो समूहले वार्ता र सहमतिमै जोड दिँदै आएको बताउनुभएको छ । दुवै पक्षले सहमतिको कुरा गरिरहेका भए पनि अफगानिस्तानमा पछिल्लो समय अवस्था खराब बन्दै गइरहेको छ । तालिबानले पछिल्लो समय पाकिस्तान, ईरान, उज्वेकिस्तान र ताजकिस्तानसँग जोडिएका क्षेत्र पनि कब्जामा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web