राष्ट्रपतिको दम्भ : ‘महान्यायाधिवक्ताको शपथ सर्वोच्चबाटै गराए हुन्छ’

साउन १, २०७८ मा प्रकाशित | 451 views

काठमाडौ । राष्ट्रपति कार्यालयले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण सर्वोच्च अदालतबाटै गर्न पत्राचार गरिएको बताएको छ । राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गरी त्यसका लागि २०७८ वैशाख ५ गते पत्राचार गरिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छः ‘कोभिड १९ महामारीलाई मध्यनजर गर्दै राष्ट्रपतिको उपस्थितिमा हुनुपर्ने भनी व्यवस्था भएकोमा बाहेक प्रधानन्यायाधीश ज्युबाट ग्रहण गराउने पदाधिकारीको शपथ ग्रहण सर्वोच्च अदालतबाटै आयोजना हुने व्यवस्थाका लागि मिति २०७८–०१–५ गते पत्रचार गरिएको हो ।’

विज्ञिप्तमा राष्ट्रपतिको समुपस्थितिमा शपथ ग्रहण हुनुपर्ने भनी व्यवस्था भएका बाहेक उक्त मिति पश्चात नियुक्ति भएका अन्य संवैधानिक अङ्ग लगायतका पदाधिकारीहरूको शपथ ग्रहण सम्बन्धित निकायका पदाधिकारीबाट हुँदै आएको समेत स्पष्ट पारिएको छ ।

सपथ कार्यक्रम राष्ट्रपतिको कार्यालयमा नभएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित–प्रसारित समाचारप्रति समेत गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा जनाइएको छ । नवनियुक्त महान्याधिवक्ता खातीले शुक्रबार सर्वोच्च अदालतमा शपथ लिएका थिए ।

राष्ट्रपतिको दम्भ : ‘महान्यायाधिवक्ताको शपथ सर्वोच्चबाटै गराए हुन्छ’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web