एमालेले स्थायी कमिटी बैठक बोलायो

असार ३१, २०७८ मा प्रकाशित | 405 views

काठमाडौँ । नेकपा (एमाले) ले स्थायी कमिटीको बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बैठक बोलाइएको हो ।

सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । आफ्नै पार्टी २३ सांसदको निर्णायक भूमिकाले सरकारबाट बाहिरिएका अध्यक्ष केपी शर्मा ओलीले त्यसको नेतृत्व नेपालले गरेको भन्दै उनलाई पार्टीमा स्थान नभएको उद्घोष गरिसकेका छन् ।

बुधबार आफ्नो निजी निवास बालकोटबाट ओलीको यस्तो उद्घोषले एकता लागि भएको १० बुँदे सहमति कार्यान्वयन नहुने सम्भावना देखिएको छ । यद्यपि कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुले तत्काल पार्टी कमिटी र संसदीय दलको बैठक रोकेर अनौपचारिक छलफल अगाडि बढाउन संस्थापन पक्षलाई सुझाव दिएका थिए ।

तर, उनीहरुको सुझावलाई बेवास्ता गर्दै ओलीसँगको परामर्शमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् । एमालेले शुक्रबार नै ३ बजे दलको बैठक पनि बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web