केपी ओलीको जस्तो गल्ती नगर्न प्रधानमन्त्री देउवालाई गठबन्धनको सुझाव

असार ३१, २०७८ मा प्रकाशित | 412 views

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।
छलफलमा काँग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता कृष्णबहादुर महरा, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

नेताहरुले प्रधानमन्त्री देउवालाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्ती नदोहोर्याउन सुझाव दिएका छन् । बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘जुन गल्ती केपी ओलीजीले गरे त्यो नदोहोरियोस् भन्ने हामी सबैको सुझाव रह्यो । ओलीजीको भन्दा राम्रो गर्नुहोला भन्यौं ।’

उनका अनुसार जवाफमा देउवाले आफू गठबन्धनको भावनालाई आत्मासात गर्दै सबैको सुझाव र सल्लाहमा चल्ने बताए । अध्यक्ष यादवले भोलिबाट मन्त्रिपरिषद विस्तारबारे तयारी थालिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web