बिप्लप समूहका नेता वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

असार ३१, २०७८ मा प्रकाशित | 375 views

काठमाडौँ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश वलीलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले नेता वलीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

वलीलाई जिल्ला अदालत ललितपुरले हातहतियार तथा खरखजाना,विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा २०७६ साल जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । वलीले जिल्ला अदालतको आदेश वेरितको भन्दै उच्च अदालत पाटनमा निवदेन दिएका थिए । पाटन अदातलते पनि जिल्लाकै आदेशलाई सदर गरेको थियो ।

वलीलाई नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोप छ ।मुटुको उपचारका लागि शहीद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रमा उपचाररत वलीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web